सुखमा मात्रै होइन दुःखमा पनि साथ होस्
जस्तोसुकै स्थिति आओस्
एकअर्काप्रति विश्वास होस्
तिम्रो–मेरो माया कायम होस्
तिमी रुँदा म तिम्रो रुमाल बनौंला
म रुँदा आँसु पुछिदिने हात तिम्रै होस्
दुःख, पीर अप्ठ्यारोमा मलाई
तिम्रो तिमीलाई मेरै भर होस्
छुट्याएर कित्ता कित्ता
जब तिमी जोख्न बस्छौ सुखदुःख
एक पल्लामा तिमी आफूलाई राख
अर्को पल्ला पूरै मेरो होस्
जिन्दगी गाडी भए
एउटा पाङ्ग्रा तिमी नै हौ
अर्को एउटा मै बनिदिन्छु
तिम्रो मेरो आधा जोड्दा पूरा होस्
गुड्दै जाँदा यात्रामा
सफ्टेरोमा अप्ठेरोमा
आधा भार तिमीले थामे
आधा थाम्ने काँध मेरो होस् ।
चोभार
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला