तिमी मात्र हैनौ
अनि म मात्र पनि
जब
तिमी र म निदाउँदा
सपना थुप्रो पारेर
हामी नबने साकार नहुने
निर्क्योलसहित बिउँझन्छौं
जसरी
पुतलीको अपनत्व रातसँग छैन
जुनकीरीको अपनत्व दिनसँग छैन
त्यस्तै
एक्ला-एक्लै अस्तित्व संकटमा परेर
बनेका हौं; हामी ।
जाजरकोट
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला