पूर्ण वैद्य
म बगेको नदी हूँ
आकाशको आँसु भिजाई
म ब्युँझेको नीद हूँ
आफ्नै स्वप्न चुँडाई
कठोर ठेस छन् पथमा
ती सब कुल्चेर आएँ
मरुस्थल जमीन तातो
म शीतल भिजाउन आएँ
मभित्र छ गीत यौटा
त्यसलाई सुसेल्न आएँ
कथा गहिरो घाउको
व्यथा म भन्न आएँ
कवि परिचय
भक्तपुरमा जन्मिएका कवि पूर्ण वैद्य (ने. सं. १०६०—११४१) नेपालभाषा साहित्यमा गद्यकविताका प्रवर्तक भनेर चिनिन्छ । तर उनी अब्बल गीतकार पनि हुन् भन्ने उनी जीवित रहुञ्जेल थाहा भएन । यसको कारण हो, उनका गीत उनको देहावसानपछि मात्र भेटिए र गाइए । प्रस्तुत गीत विशिष्ट गायनका धनी योगेश वैद्यले स्वर दिएका हुन् ।
कवि पूर्ण वैद्य कविता र निबन्धमा गरी दुइपटक (१९६४ र १९७२) ‘श्रेष्ठ सिरपाः’ पुरस्कारबाट सुशोभित हुने लेखक हुन् । जनवादी गणतन्त्र कोरियाको पचासौं स्थापना दिवसमा सम्पन्न एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकाका कविहरूको सम्मेलनमा उनको कवितालाई सहभागी कविहरूका कवितामध्ये सर्वोत्कृष्ट घोषणा गरिएको थियो । लाइब्रेरी अफ कांग्रेसले दक्षिण एसियाली साहित्य अभिलेखीकरणमा उनका १७ कविताहरूको वाचन सुरक्षित गरिएका छन् । अस्वीकृत साहित्य पुरस्कार (२००२) बाट पनि सम्मानित पूर्ण वैद्यका कविता र निबन्ध सङ्ग्रहका पुस्तकहरू प्रकाशित छन् । साथै उनलाई मातृभाषातर्फ नेपाल प्रज्ञा नेपाल साहित्य पुरस्कारबाट पनि पुरस्कृत गरिएको छ ।
— अनुवादकः आर. मानन्धर
मूल नेपालभाषामा
जि बाःवैगु खुसि खः
आकाशया ख्वबिं प्यानाः
जि दनावैगु न्ह्यः खः
थःगु हे म्हगस चहीकाः
लुफिं ला दु लँय् छाःगु
जि वैत न्हुयावइगु
फिसः ला दु बँय् पूगु
जि वैत प्याकेत वैगु
जिके म्ये दु छपु थःगु
स्वैतं न्यंकेत वइगु
जि बाखं खः जिगु घाःया
थःत हे ब्वय्त च्वइगु
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।