थुकले भन्याे,
छ्या !
कस्ताे फाेहरमा
मलाइ थुकेकाे?
घिनले भन्याे,
थुइक्क !
यसलाइ मेराे नाम दिने?
पापले भन्याे,
धत् !
मैले देश मारेकाे छैन
घृणाले भन्याे,
यी देखेर म पनि लज्जित छु
लाजले आफ्नै मुख छाेप्याे
दल नामकाे दलाल,
चाैरास्तामा उभिएर
बरबराउँछ
वाह !
निर्दाेषोताकाे प्रमाण दिएर ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला