नीलिमा
दुःख छ
सुख त बकैनाको पातजस्तै
भूर्र उँधो उँधो उडी गैजाने हो
आउने दिनहरूमा पनि
असरल्ल छोडेका कामहरूजस्तै दुःखहरू कै सेम्पलिङ छ
त्यसैले त
जब सियोधागोले
पुन: दर्याइदिन्छ्यौ नि त्यही टाँकलाई
मेरा कमिजहरूमा
अनि
किटिक्क टोकेर
छुटाउँछौं नि धागोलाई
मेरो कमिजबाट
हो त्यही पल त हो
सुखैसुखको अनुभूति पाउने मैले
त्यसैले त
मेरा कमिजका टाँकहरू
अक्सर टुट्ने गर्छन्
भो नभन
मायाको शासन हो भनेर यसलाई
तिमीले थाहा पाउने अर्को पनि त छ नि कुरो
अक्सर चुट्टिइरहने तिम्रो चौबन्दीमा तुना टाँक्ने
मान्छे पनि त मै हो नि !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला