पीडित थिए धेरै बालकहरू
स्वदेशमै पहिले
कोही कल कारखानामा
कोही कमैया प्रथामा
कोही बाल सेनामा
प्रयोग भएका रहेछन्
धेरै बालकहरू पहिले
रुपान्तरित भएका रहेछन्
थिएनन् कोही आर्तनाद सुन्नेहरू
हाम्रो घर्तीमा पहिले
भएर हतियार जनयुद्धमा
बाल सेनाको भेषमा
भएका थिए धेरै बालिकाहरू
यौन ताडनाको सिकार
त्यसैले पारिजातले
लेखेकी थिइन्, “परिभाषित
आँखाहरू” उपन्यासमा
धर्मपुत्रीको नाममा
आफ्नै पिताको भेषमा
हरेको थियो अबला
बालकको प्राण
बेचेर आफ्नै पुत्रीलाई
रातो बजारमा
बिज्जी भएकी थिइन्
बाल यौन हिंसाको सिकार
अहिले ती हजारौं बिज्जीहरू
बेचिएका छन् रातो बजारमा
हे ईश्वर के गरेका रहेछन् ?
ती निरीह बालिकाले
पूर्वजन्ममा अपराध ?
बदल्नु पर्ने छ नजिरमा
प्राणको बदला
प्राण नै सजाय अहिले
यस्तो जघन्य पापात्माहरूलाई
छैन यो घर्तीमा
बाँच्ने स्वत्व अहिले
यस्ता बलात्कारीलाई कहिल्यै
ग्रसित भएका छन् अहिले
पोस्ट ट्राउमेटिक सिन्ड्रोमको सिकार
गरेका छन् कतिले आत्मदाह अहिले
भए मानसिक रोगको आहार
नभएर समयमै
मानसिक डाक्टरको उपचार
छैन राज्य उत्तरदायी अहिले
भएका छन् निरास धेरै
घरेलु हिंसाले अहिले
भएका छन् कोही क्रोधी
बाबुबाट आखेट अहिले
भएका छन् एरो
निर्दोष मुनाहरू अहिले
गाएर स्वाधिनताका नादहरू
कोरेर तस्बिरहरू दिनानुदिन
आमाबाबुको मिलापत्रको
बनाएर क्यान्भास भित्तालाई
रहेछन् जन्मेका धेरै शिशुहरू
कागजपत्रका लागि अहिले
जब मिल्दोरहेछ कागजपत्र
हुने रहेछन् धाड
कोही मुना पर्देशमा
कोही अभिभावकलाई अहिले
यो बास्नाको महासागरमा
भएका छन् दण्डित कोही मुनाहरू
चाहना राख्दैनन् कहिल्यै
दुःख दिन अभिभावकलाई कहिल्यै
गुमाएका छन् प्राण
कतिले तँ विदेशमा
भएर अंगभंग
आमा बुवाको प्रेमीको
शारीरिक यातनाबाट
भएका छन् कोही घाइते
झोकी र क्रोधी बुवाले
गरेर हतियारले प्रहार
रहेछ निरीह मुनाको
एउटै पुकार आत्माको सदैव
आफ्नो प्रेमी प्रतिको व्यग्र क्रोध
कृपया उत्सर्जन नगर्नु होला
निरीह मुनाको शरीरमा
छैन ताडना दिने अधिकार
ईश्वरलाई पनि कुनै बालकमा
छैन प्रधानाध्यापकलाई अधिकार
मुनालाई यातना दिने अख्तियार
गरेर हातेमालो सबैजना
गरौं आवाज आजै
बालहिंसाविरुद्ध सचेतनाको
बाल यौन अत्याचारविरुद्ध
बाल मजदुरीविरुद्ध
आधुनिक बाल दासताविरुद्ध
हुनेछैन कोही मजेत्रो सदैव
खोसेको छ जसले
बालकको हाँसो सदैव
हुनेछन् बालक समाजको सन्तति
हुनेछन् सम्पूर्ण नागरिकको सम्पत्ति
हुनेछ राष्ट्र जब बालकप्रति प्रतिबद्ध
हुनेछ त्यो राष्ट्र सधैं समृद्ध ।

सुमन भट्टराई
बर्तुङ्,पाल्पा(हाल युके )