जुम्ल्याहाझैं देखिन्छन् –
दुवै
झरी र प्रेम

ती दुइटै आउँछन्
जीवनमा आनन्दको रस छर्छन्-
अलि बढी रस छर्न थाले भने
जिन्दगीमा बाढी ल्याइदिन्छन्

तहसनहस पारेर हराउँछन्

ती मौसमी बाजा बजाएर-
आइरहन्छन्, गइरहन्छन् ।