ऊ हराएको छ
केही वर्ष यता
हराउँदै हराउँदै गएको छ
मद्दत माग्दै सयौं स्थान पुगिसकेँ
भन्छन्
केवल शरीरको खोजी गरिन्छ
हराएको त्यो उन्मुक्त हाँसो
व्यवहारमा सरलता
सारमा
विलीन पूर्णता
केवल देहलाई मानव मान्नु;
कस्तो दरिद्रता?
नयनमा बेइमानी झुल्किन्छ आजकल
भव्य महलमा कतै कैद छ ऊ आजकल
छालाका जुत्तामा ठाटिएका पैताला ती
माटोको स्पर्शले घिनाउछन् रे आजकल
नोटका बिटासित साटेको इमान
महल किन्दा बन्दकी राखेको इमान
अब
खोजेर, मागेर, किनेर
कहाँ पाइन्छ र?
बेपत्ता हुनुमै बेखबर छ रे ऊ
नैतिकतादेखि धेरै पर छ रे ऊ
मैले मात्र खोजी गर्दैमा
कहाँ भेटिन्छ र?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला