तिमो विचार भिन्न थियो/तिम्रो दृष्टि भिन्नै थियो
तिमो आकाङ्क्षा भिन्न थियो/तिम्रो शैली भिन्नै थियो
त्यसैले साँच्चिकै तिमी
अरुभन्दा बिल्कुल भिन्दै थियौ !

जब मान्छे एकले अर्कोलाई निर्धक्क हेर्न सक्दैनथ्यो
जब मान्छे खुलेर मनको कुरा पोख्न सक्दैनथ्यो
दमन र अत्याचारले चारैतिरबाट थिचिएको बेलामा
जब तिमी दृढ बनेर
अन्यायका विरुद्ध आवाज उठाउन सक्यौ
सामाजिक सुधार, र
राजनीतिक परिवर्तनका लागि बोल्न सक्यौ
तिमी जहिले पनि निडर बनेर
समग्र पीडितहरूको आवाज बोल्यौ
आफू पीडित र प्रताडित भएर पनि
अरुको लागि हृदय खोल्यौ
त्यसैले, समाजमा फैलिएको
अन्धिविश्वास, शोषण र भ्रष्टाचारको
जालो हटाउन
सधैँ तम्सिने, ज्यानको बाजी लगाउने
तिमी एकमात्र विद्रोही नारी थियौ
समाजमा विद्यमान
जातीय भेदभाव र हेपाइविरुद्ध
निर्धक्क, निष्फिक्री
वैचारिक मैदानमा उत्रन सक्ने
तिमी एउटा अथक योद्धा थियौ
हरेक व्यक्ति, समाज र देशमा
नयाँ परिवर्तन ल्याउन खोज्ने
एक कर्मठ नारीमात्र होइन
त्यस युगकी
तिमी साँच्चै ‘महानारी’ थियौ !


शङ्खमूल, काठमाडौँ ३१