बगाएर धेरै–धेरै आँशु

अरुण छचल्किरहेछ नित्य

कलकल कलकल

यतै गौँडेनी, मझुवाबेसी, कुलुङ

र, दिव्य दिङ्लाका अभिषेकहरू

मनकामना अथाह चाहना बोकेर

असीम उत्साहका

सङ्खुवा र सभा मिसाएर

बरुण र अरुणको सँगाती

पवित्र नदीप्रवाहजस्तै

योगमाया

तिम्रो चाल, गति र प्रवाह देखेर

कोही रिसायो, आक्रोशित बन्यो

र, विद्रोहको आगोले

सल्लेरी वन नजलाउँदै

मनोकाङ्क्षाको मूलपानी यतैकतै

योगमाया—

कहिल्यै नसुक्ने पसिनाजस्तै

कहिल्यै नजम्ने रगतजस्तै

अनुपम जीवनजस्तै

अनपेक्षित मृत्युजस्तै

जसले ‘काल’ लाई केही ठानेन

जसले ‘गाल’लाई मतलव दिएन

अग्निदाहको रापमा जल्न

जो हरदम ठिक्क प-यो

मान्छे—मान्छेबीचमा

अन्तर्यको आवेग भर्दै

एकताको भाव उमार्दै

आस्थाका शिखरहरू—

मकालु सिलिचोङ र

ट्याम्केहरूलाई साक्षी राखेर

भेलसँगै अरुणको

हेर्दाहेर्दै ऽऽऽ………………

एक, दुई, तीन, ………. …सत्सठ्ठी, अठ्सठ्ठी ऽऽऽऽ !!!!

अहो, अग्रदूत योगमाया, अद्भूत योगमाया !!

 



 

गुल्मी, हालः नयाँबानेश्वर, काठमाडौँ ३१