प्रकृतिलाई माया गर्दा प्रकृतिमै बिलाउने
सत्य कथा लेखाएर सबलाई चेत दिलाउने
जुनी जुनी बाँच्छौ तिमी
सयौँ नाता गाँस्छौ तिमी
बाटो बनी अभियानको सुवास तिमी चलाउँदै छौ
मर्नु होइन जन्मनु हो पातपातमै पलाउँदै छौ
प्रकृतिलाई शिरमा राख्दा प्रकृतिमै बिलाउने
सत्य कथा लेखाएर सबलाई चेत दिलाउने
जुनी जुनी बाँच्छौ तिमी
सयौँ नाता गाँस्छौ तिमी
बगरमा रगतसँगै उम्रने छ तिम्रो विचार
त्यहीँबाट सुरु हुन्छ प्रकृतिको नयाँ आचार
प्रकृतिलाई काँधमा राख्दा प्रकृतिमै बिलाउने
सत्य कथा लेखाएर सबलाई चेत दिलाउने
जुनी जुनी बाँच्छौ तिमी
सयौँ नाता गाँस्छौ तिमी ।
(विजय हितानद्वारा लिखित ‘पर्यावरण सहिद’ कथाबाट साभार)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३ चैत्र २०८२, मंगलवार 






