
खिइँदै गएका यी पलका पाताहरूमा
बिस्कुन लगाएर आस्थाहरू
सुकाइएको छ
तिमी र म भएर मुठ्ठी पारौँ
अब यी चिसा बतासहरूलाई
यहाँ घाम लागेको मात्र हो
बिस्कुनको आङ्ग कहिले तातियो र ?
विधुवाको एकल काँधमा
लतार्दै सन्तानका भविष्यहरू
उ … मनु … रेनु यात्रा गरिरहेछन्
तिम्रो यात्रा र उसको यात्रामा
समयले पैयाँहरू बटारेर कुद्ने गर्छ
लक्ष्य भने निरन्तरताको
काखमा हुर्किएर
दाँया–बाँया मोडिएको छ
त्यही मोडाइलाई नै भाग्य भन्ने गर्छन्
यो असमर्थताको बैशाखी हो
ती समयका अभागी झिल्काहरू
सल्कनलाई सल्बलाउन खोज्दैछन्
स–सना ताराहरूको टिमटिमलाई समेटेर
समयले प्वाँख हाली दिए
अर्को बिहान धुरी मुस्कुराउँछ
अनि सुकिलो बिहान फस्टाउन सक्छ !!
पाकिम, सिक्किम



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
