मायालाई तराजुमा तौलिन सक्ने भए म
तौलिने थिएँ, हामीबीच कस्को माया भारी छ भनेर
तिमी भन्छौ, तिम्रो मायाभन्दा मेरो माया भारी छ
तर म भन्छु, होइन मेरो माया तिम्रो माया भन्दा पनि भारी छ
मायालाई सामान तौलेझैँ गरी तौलिन सकिन्न
न त सकिन्छ ग्राम, किलो अनि क्विन्टलमा तौलिन नै
न त सकिन्छ, माना र पाथीमा भरेर हेर्न नै
न त सकिन्छ सुन तौलेझैँ लाल, तोलामै तौलिन
न त नाप्न सकिन्छ सेन्टिमिटर, फुटमै
न त देख्न सकिन्छ, मायाको स्वरुप या आकार कस्तो छ भनी
मायालाई त केवल महसुस मात्र गर्न सकिन्छ
माया त हुन्छ, दुई हृदयको मिलनपछि नै
माया त हुन्छ दुई अन्तर मनदेखि नै
यो त दुईले महसुस गर्ने कुरो हो।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला