आहा ! सुन्दर, स्वर्ग स्वाधीन देश,
महागौरव नेपाली सेना विशेष,
ऋषिमुनि सन्तको पावन भूमि,
कोटी कोटी प्रणाम हे जन्मभूमि,
शितलहर खडेरी त टिक्दैन धेरै,
फोहोरी सत्ता टिक्ला कति बेरै,
निष्पट्ट अँध्यारो त हराउँछ बिहानीमा,
असत्य झुटो बिलाउँछ है समयमा,
गुमेको देशको शान फेरि पक्कै आउला,
मेची कोशी सबैतिर खुसियाली छाउला,
आउनेछ पक्कै हो, श्रम पसिनाको दिन,
भगवत कृपाले देश बन्नेछ एक दिन ।
हरिवन, सर्लाही (हाल : काठमाण्डौ)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला