हर अभिमानीले तिमीसँग
घुँडा टेकेका छन्
हर स्वाभिमानीको पनि थिति त्यही
चाहे दोषी होस्, या निर्दोषी
सबै निशाना बनिरहन्छन्।।१।।

जसको नामको उच्चारणले
हर सचेतकको प्राण कम्पन हुन्छ
भूत, वर्तमान र भविष्य द्रष्टाहरू नै
हायल कायल बन्ने तिमीलाई सम्झेर
म भने शान्त र स्निग्ध
तिमीलाई सम्झेर बसिरहेको छु
है ! परमार्थका सिपाही
तिमी कहिले आउँछौ ?
म सिङ्गो शरीर लिएर बसिरहेछु
तिमीलाई मेरो कुटीमा, छ स्वागत ।।२।।

अब हरपलको जीवन बिट मार्न मन छ
अब तिमीसँग मीत लाउन मन छ
मैले मेरो पूर्ण जोवन बिताइसकेँ
सारा अभिश्रान्तहरू अब श्रान्त छन्
त्यसैले, हे ! यम, म तिमीलाई
हार्दिकताले गर्न मन छ स्वागत ! स्वागत!! ।।३।।

अब मैले लिनु के छ र यहाँ ?
अब मैले के पाउनु छ र कहाँ ?
अब त हरइच्छाहरू पतझड भए
जीवनका सारा खुशीहरू अवकाश भए
न जीवनको म‍ोह छ, न कुनै राग छ
ए ! आऊ न हौ यम!!
छ यो कुटीमा तिमीलाई असिम स्वागत !! ।।४।।

नेपाल एभरग्रिन पब्लिक इङ्लिस स्कुल