बादलजस्तै उडी हिँड्छु
कहिले पहाडतिर ठोकिन्छु त
कहिले आकाशमुनि पुग्छु
यात्रा कहाँसम्मको हो
आफैंलाई थाहा छैन !
त्यसैले त गन्तव्यविहीन जस्तै छु
उसले कहिलेकाहीँ सोध्ने गर्छ
ए कहाँ छौ तिमी ?
मसँग ती उत्तरको खाँचो हुन्छ
जति बेला म खाली पेजको
किताबजस्तै हुन्छु
यसैले त गन्तव्यविहीन जस्तै छु
पूर्णिमाको जूनजस्तो उज्यालो
बनिदिऊँ भन्छु
कालो बादल मडारिँदै
आएर छेकी दिन्छ
जब म सङ्लिन्छु
ऊ क्षितिज पारि पुगिसक्छ
यसैले त गन्तव्यविहीन जस्तै छु
सागरको त्यो गहिराईसँग
डुबुल्की खेल्न मन लाग्छ
समुद्री सतहको पारि हेर्छु
फेरि मन अत्तालिन्छ
लामो सास लिन्छु अनि विगतलाई सम्झन्छु
यसैले त गन्तव्यविहीन जस्तै छु ।
हालः युएई
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला