
हरेका रहेछन् मेरो स्वाधीनता
विकसित देश्का अपकारकारीले
रहेछ बसेको लत अहिले
हेर्न मेरो ताडना युट्युबमा
रहेछ आउने सुबिस्ता अहिले
मेरो हिंसाचारमा
रमाएर बाँचेका थियौं
जंगलमा पहिले
बनाएका रहेछन् बन्धक
फलामको पिँजडामा अहिले
रहेछ ठूलो जमात निर्दयीहरूको
यो घर्तीमा अहिले
आउने रहेछ प्रशन्नता
मेरो रक्ताम्य घाउ हेर्नमा
गर्दारहेछन् मोलतोल निठुरले
सास्तीका आलेखहरू माझ
हुँदोरहेछ सुखद् अनुभूति
ती बहुलाहरूलाई
मेरो तड़पमा
हिंसाकर्ममा
मेरो क्रीडामा
मेरो वधमा
मारिएका थिए मेरा साथीहरू
जिउँदै करैतीले
रहेछ एउटी सनकी नाइके
भएकी रहिछ कुख्यात अहिले
सैतान आत्माको नामले
रहेछ आफ्नै पुत्र पनि अपाङ्ग
आएकी रहिछन् पुतनाको भेषमा
रमाउने रहिछन् ती महाअपराधी
हाम्रो चुसाईमा
शारीरिक शोषणमा
घाउ र पीडामा
पाउने छिन् सजाय
सयौं जुनीमा
छैनन् कोही मुक्त कर्मचक्रबाट
दण्डित हुनेछन् ती दुराचारीहरू
भनेका थिए बुद्धले धम्मपदमा
मारिएका छन् हजारौं
मजस्ता बाँदर मुनाहरू
लाइभ युट्युबमा
सेकिएर जिउँदै आगोको रापमा
पिसिएका छन् हरियो मकै सरी
लगेका थिए बनाएर अनाथ
वञ्चित गराएका थिए
आमाको दूधबाट सदैव
बजारिएका हुन्थे दिनानुदिन
धोबीघाटको कपडाझैँ दिनानुदिन
रहेछन् निकालेका मेरो दन्तहरू
पिलासले दिनानुदिन
लेख्दा रहेछन् यातनाका
पटकथा सम्वादहरू
सामाजिक सञ्जालमा सदैव
हटेको छ विश्वसनीयता
पूरै मानवप्रति मलाई सदैव
वेदनामा दृष्टान्त गर्नेहरूको
रहेछ जमात अधिक अहिले
गर्ने रहेछन् अपहेलना सदैव
मजस्तो निरीह बाँदरलाई अहिले
गरेकी थिइन् मलाई रिहा
आएकी थिइन् देवीका रूपमा
एउटी साहसिक पत्राचारको भेषमा
त्यसैले ती निरीह बाँदरलाई
छैन हिंसाकर्म गर्ने अधिकार
त्यसैले गरेर रिपोर्टिङ युट्युबमा
टेलिग्राममा
फेसबुकमा
बच्नेछन् ती अदना प्राणीहरू
हिंसात्मक यातनाबाट सदैव
गर्नु पर्नेछ फेरबदल नजीरमा
राख्नु पर्नेछ सबै बाँदर प्रजातिहरू
संरक्षणको सूचीकृत प्रजातिमा
दिनुपर्नेछ सजाय संलग्न सबैलाई
त्यो रक्ताम्य हातले
आर्जन गरेको धनले
पिर्नेछ हजारौं जन्ममा
कृपया बिन्तीभाउ छ मेरो
सम्पूर्ण मानव जातिमा
हँसाउनु भयो हाम्रो आत्मालाई
खुसी हुनेछन् तपाईंहरूका
सन्ततिहरू
सम्झँदै आफ्नै मुनाको तस्बिर
हाम्रो मुहारमा
गर्नुहोस् रिपोर्टिङ
गर्नु पर्नेछ कानुनी कार्बाही
बाँदर हिंसाकर्म गर्ने समूहलाई
गर्नु पर्नेछ विलीन
यी अत्याचारी नाइकेलाई
इन्टरनेटको कालो जालोबाट सदैव ।
बर्तुङ्,पाल्पा(हाल युके)
(यो कविता मिनी नामक शिशु बाँदरको पीडादायी कथा हो, जसलाई बिबिसी र एक जना महिला पत्रकारले उद्दार गरेकी थिइन् । उनले बादर हिंसा गर्ने समूहको पर्दाफास र अभियुक्तहरूलाई कानुनी कार्बाहीको दायरामा ल्याउन भूमिका खेलेकी थिइन् ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

