जन्मिएको रहेछु क्षणभङ्गुर
अक्सिजनको अभावमा
भएका थिए निर्जीव
मेरा मस्तिष्कका
केही कोशिकाहरू
अहिले विकसित देशमा
चिकित्सा विज्ञानको उपलब्धताले
पाएर उचित न्युओनेटल हेरचाह
पाएका रहेछन् नयाँ जीवनदान
सुविधा सम्पन्न अस्पतालमा
बनाएका रहेछन् मलाई अपाङ्ग
वञ्चित भएर उचित उपचार
छैन कुनै चासो राज्यलाई
भएका रहेछन् मेरा न्युरोनहरू
लापरवाहीको सिकार
म प्राकृतिक नभएर
भएको रहेछु आहार भ्रष्टाचारको आज
त्यो युओनेटल सुविधाको दान
भएको रहेछ उत्कोच
भ्रष्टाचारीको बगलीमा आज
रहेछ बाल र मातृ मृत्युदर
हाम्रो मुलुकभर अहिले
विश्वमा अग्रस्थान अहिले
भएका छन् हजारौं मुना
आखेट अपाङ्गताले
भएका छन् आमाहरू
प्रशवपछिको हेरचाहबाट बेखबर
राखेका रहेछन् बाँधेर पहिले
झमककुमारी जस्ती स्रष्टालाई
सिकेकी थिइन् कखरा
बनाएर कापी बालुवालाई
बनाएकी रहिछन् कलम ढुङ्गालाई
जन्मेको भए हाम्रो देशमा पहिले
स्टिफन हकिङजस्ता
विश्वप्रसिद्ध भौतिकशास्त्रीले
सक्दैनन् थिए होला
पत्ता लगाउन ब्ल्याक होललाई
हुने थिए होला बेनाम अहिले
रहेछ अपाङ्गता हाम्रो देशमा
एउटा आजीवन कारावास सरी
जन्मेको भए विकसित देशमा
दण्डित हुनु पर्ने थिएन सदैव
आफ्नै परिवार र समाजबाट सदैव
हुनुपर्नेछ राज्य र समाज
उत्तरदायी सदैव
प्रत्येक अपाङ्ग मुनाको हितमा
गरेको हुन्छ ग्यारेन्टी विकसित मुलुकमा
स्वस्थ र सुलभ जीवनयापनमा
भएको हुँदोरहेछ राष्ट्र
जिम्मेवार सदैव
जन्मदेखि मृत्युवरणसम्म
परीक्षण गर्ने रहेछन्
एम्नियोटिक फ्लुइडको
गर्भावस्थाअगावै अहिले
बचाउन सकिने रहेछ
डाउन्स सिन्ड्रोम रोगजस्ता
आनुवांशिक रोगहरूबाट
जन्मपूर्व छुटकारा सदैव
जरुरी रहेछ परीक्षणको
जरुरी छ मानवताको
अनि पाउने थिएँ मुक्ति
घरेलु हिंसाबाट
घृणाबाट
अभिभावकको लापरवाहीबाट
विभेदको सिकारबाट सदैव
गरेर नवजात शिशुको
उचित स्याहार
घट्ने रहेछ प्रशवपूर्व मृत्युदर
गर्नुपर्नेछ राज्यले
लगानी नवजात शिशु सुविधामा
घट्ने रहेछ मातृ मृत्युदर सदैव
हुनेछ मुनाको हँसिलो अनुहार
रहेछ यो नै उन्नत राज्यको धरोहर
अर्पण गर्नेछ कर्म जुन मनुवाले
अनाथ र अबल मुनाको स्याहारमा
आफ्नो सम्पूर्ण जीवन सदैव
नसक्ने रहेछन् यमराजले पनि
बोलाउन पर्लोकमा सदैव
त्यसैले सोचौँ आजै
हुनसक्छौँ हामी पनि अबल
र अपाङ्ग यही जन्ममा
त्यसैले हेरेर ऐना आजै
उनीहरूकै मुहारमा
आफूलाई आजै
गरौं स्याहार र सत्कार
निर्वल मुनालाई सदैव
रहेछ यो नै सत्कर्म सदैव ।

बर्तुङ्, पाल्पा (हालः युके)