समय पर्खिदा पर्खिदै
आह्वानमै समय त बितेछ
कतिखेर गैसकेछ पत्तै भएन
स्याउबाट किसमिस हुँदा पनि
सिंहबाट स्याल हुँदा पनि
म, म भित्रै रुमल्लिएछु
समय त किनारलाई छोएर बहने पानीझैँ
खुसुक्क घर्की सकेछ

हैन ढिला कहिल्यै हुँदैन पुरुषार्थीलाई
ल्याउँछन् समयलाई पहुँचभित्र उनकै वशमा
समय र भाग्य त कर्मले बनाउँछन् पराक्रमीले
समस्त ब्रम्हाण्ड त उनकै अधीनमा चल्छन्

खेर नफाल कुनै समय
बिना उद्यम,बिना परिश्रम
श्रृजनाका फूल फुलाऊ
बगिरहने समयलाई
पाठ पढाऊ
तिम्रा हरकदमले
समयलाई पनि काबुमा राखून् र बनाउन
तिम्रो सहयात्री, तिम्रो अनुकूल ।