यो कृष्ण मन्दिर
संसारको बानी भएझैं
तिम्रो यो कम्मर
मेरो बानी हो,
यो खोला
संसारको बानी भएझैं
तिम्रो यो हात
मेरो बानी हो,
यो आकाश
संसारको बानी भएझैं
तिम्रो यो आँखा
मेरो बानी हो,
यो घाम
संसारको बानी भएझैं
तिम्रो यो वक्ष
मेरो बानी हो,
यो गौँथली
संसारको बानी भएझैं
तिम्रो आत्मा
मेरो बानी हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला