भुजंगप्रयात छन्द
१
म आकाश च्याती, नयाँ सूर्य खोज्छु
म धर्ती फुटाई, पुनर्जन्म रोज्छु
म नर्कै परेमा, उजालो बनाई
बनौँ दीप भन्दै, म आशा जगाई
२
अँध्यारो हटाई, परे मृत्यु रोज्छु
ब्रमाण्डै फुटाई, धराभित्र पस्छु
चुँडाई जगल्टो, सबै दासताको
समालौंन हो याँ, यो बीभत्सताको
३
म चट्टान फोड्ने, नयाँ पुष्प रोप्न
बिहानी जगाको, सबै क्लेश धुन
धराको बिचैमा, भवानी जगाई
जवानी भरेको, बुढ्यौली भगाई
४
म आह्वान गर्दै, बसेको छु ऐले
जवानी नझर्ने, नमर्ने छ कैले ?
न बाँच्छन् नि हाम्रा, सुविधा खुसी नि
न हाँस्छन् नि तिम्रा, मितेरी मितेनी
५
न हुन्छन् सबैका, सँगी दाजुभाइ
न हुन्छन् नि तिम्रा, सकारी कमाइ
सबै मर्नु पर्ने, अहम् भावना नै
न आशक्ति बिक्छन्, न आलोचना नै ।
डेभिस, क्यालिफोर्निया
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला