अर्गानिक भएर के गर्नु ?
स्वदेशी भएर के गर्नु ?
जब भाउ नै दिँदैनन्
अनि फालिनु पर्छ मैले
आफ्नै धर्तिमा सधैँभरि

गुणवान् भएर के गर्नु ?
ताजा भएर के गर्नु ?
जब तिमीले नै
छेकबार लगाएपछि
बहुमूल्य भएर पनि
कौडीको भाउ लागिरहेछ
बजारमा टमाटरको
जस्तो तिम्रो र मेरो बीचमा
लगाऊछन् यहाँ
छेकबार र भाउहरू

टमाटरको भाउ नबुझ्नेहरूलाई
मेरो भाउ कसरी थाहा होस् ?
र फालिरहेछौं तिमी मलाई
सडकमा, कौंडीमा, वडा सदस्यमा…।

(कवि लालबन्दी नगर वाङ्गमय परिषद्का संस्थापक सदस्य हुनुहुन्छ ।)