पहराबाट निस्किएको छङ्गछङ्ग
झरना बनी खसी रहन पाउँ
त्यो छाँगा, छहरा हुँदै कलकल
नदी बनी बगिरहन पाउँ
कतै सुस्साउँदै, कतै गुनगुनाउँदै
सन्नाटा भर्दै भर्दै
आफ्नो यात्राको निरन्तरता
दिइरहन पाउँ
बाधा र अडचन आए पनि थरीथरी
छिचोल्दै छिचोल्दै
आफ्नै पाइलाहरूको गतिमा
हिँडिरहन पाउँ
समुद्रले मलाई पर्खिरहेको छ भनी
आफ्नै सुर अनि तालमा
गुनगुनाउँदै गुनगुनाउँदै
सल्बलाई रहन पाउँ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला