कुन बच्चाले चिनी खाइरहेको थियो र
तिमीले यति सुन्दर कविता लेख्यौ !
कुन युवतीले केराउ कोसा छोडाइरहेकी थिई र
तिमीले यति सुन्दर कविता लेख्यौ !
कुन गृहिणीले तरकारी चाखिरहेकी थिई र
तिमीले यति सुन्दर कविता लेख्यौ !
कसले लुगा सुकाइरहेको थियो र
तिमीले यति सुन्दर कविता लेख्यौ !
मैले सोचेकै थिइनँ
कविता पनि यति सुन्दर हुन्छन्
कुन विद्यार्थीले जुत्ताको तुना बाँधिरहेको थियो र
तिमीले यति सुन्दर कविता लेख्यौ !
कसले धान काटिरहेको थियो र
तिमीले यति सुन्दर कविता लेख्यौ !
कसले आँगन बढारिरहेको थियो र
तिमीले यति सुन्दर कविता लेख्यौ !
कुन मान्छे वर्षामा रुझिरहेको थियो र
तिमीले यति सुन्दर कविता लेख्यौ !
यति सुन्दर कविता
मैले पहिले कहिल्यै पढेकै थिइनँ
कुन हजुरआमाले नातिलाई कथा सुनाइरहेकी थिइन् र
तिमीले यति सुन्दर कविता लेख्यौ !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
विनयकुमार भण्डारी
भाद्र ५, बुधबार १०:०१
‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ कविता संग्रहको नव-आलोचनात्मक पठन
विनयकुमार भण्डारी
आश्विन १६, बुधबार ०६:०१