
यता रमिता
उता रमिता
चारैतिर रमिता
र, म मूकदर्शक रमिते
किन रमिता
के को रमिता
कसरी रमिता
र, म अर्धबुझक्क्डी रमिते
पूर्वतिर रमिता
पश्चिमतिर रमिता
उत्तर-दक्षिण पनि रमिता
र, म दिशाविहीन रमिते
खोलामा रमिता
वन-जङ्गलमा रमिता
सिमानामा रमिता
र, म नालायक रमिते
झुपडीमा रमिता
महलमा रमिता
दरबारमा रमिता
र, म दिवास्वपनमा मस्त रमिते
पेटमा रमिता
आङमा रमिता
बासमा रमिता
र, म बेसहारा रमिते
गाउँमा रमिता
शहरमा रमिता
देशमा रमिता
र, म नतमस्तक रमिते
हिमालमा रमिता
पहाडमा रमिता
तराईमा रमिता
र, म बेहोसी रमिते
सडकमा रमिता
सदनमा रमिता
सरकारमा रमिता
र, म निर्लज्ज रमिते
आकाशमा रमिता
जमिनमा रमिता
पातालमा रमिता
र, म बेसहारा रमिते
साथी-सङ्गीमा रमिता
आफन्तमा रमिता
परिवारमा रमिता
र, म सदाबहार रमिते
जिन्दगी रमिता
रमिता जिन्दगी
उता उनी रमिते
र, यता रमिते म ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
