ढलेका विश्वासहरू उठाउन पाउने छैनौ
चर्केको प्रेम जोड्न पाउने छैनौ
तिमी आफ्नो प्रेमीलाई सम्झिन पाउने छैनौ
यो बाटो जब थाल्नेछौ
तिमी फर्किन पाउने छैनौ
रुक्न पनि पाउने छैनौ

जब मनमा सूर्य अस्ताउँछ
र चन्द्रमा उदाउँदैन
ताराहरूसमेत गायब भएको रातमा
तिमी बत्ती बाल्न पाउने छैनौ
हुँदै नहुँदा समेत बर्बाद गर्ने
तिम्रो भगवानलाई तिमी गुहार्न पाउनेछौ
तर ऊ आउने छैन

मसँगको प्रेममा
तिमी नितान्त एक्लो हुनेछौ
-0-