रोक्न सक्दैन, कसैले
छेक्न सक्दैन, कसैले
कुनै रोकतोक बिना नै बढिरहन्छ, सबैको उमेर
जन्मदेखि मृत्यु पर्यन्तसम्म
बढिरहन्छ क्रमैसँग सबैको उमेर
काल नआई मर्दैन, कोही
समय नआई हुँदैन, केही
कालले भन्दैन कम र बढी उमेर कसैको
हुने कुरोलाई तार्न सक्दैन, कसैले
हर्ष उल्लासका साथ मनाउँछन्, प्रत्येक साल
सबैले आफ्नो जन्मदिन
जन्मदिनपछि बढ्छ एक वर्ष सबैको उमेर
तर हेक्का राख्दैन उसले, आफ्नो आयु घटेको छ एक साल
आरोह अवरोह साथ बढिरहन्छ, मानिसको उमेर
सुखदुःख, घामछाया, आँसुहाँसो
यस्तैगरी बित्छ, मानिसको जीवन
फर्कंदैन कहिले, बितेको उमेर कसैको
फर्केर आउँदैन कहिले बितेको उमेर कसैको
यसर्थ, बुझ्न सक्नुपर्छ उमेर अनुसारको महत्त्व
अनि जिउन जान्नु पर्छ, उमेरअनुसार सबै मानिसले।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला