म मेरो आफ्नै सपना हुँ
जुन हरेक क्षण म देखिरहन्छु, भेटिरहन्छु
मलाई मन छैन, कसैले बन्न लगाएको उदाहरणीय व्यक्ति
अनि अरुकै असीम सपना बोकेर भौँतारिन
मलाई त बन्न मन छ कि एक यस्तो पात्र
जुन भएको र नभएको कुनै अर्थ नरहोस्
तर, केही यादहरू रहिरहोस्
मलाई पार गर्न मन छ कि यति लामो दुरी
जुन मेरो यात्रा कसैले नदेखोस्
तर, ती अनगिन्ती यात्रीहरूमाझ म पहिलो यात्री बनूँ
मलाई त चढ्न मन छ यति अग्लो उचाईमा
जुन उचाई सगरमाथाबाट सुरु हुनेछ
अनि टुङ्गियोस् मेरो अन्तिम श्वासको झोक्कामा
तर, म आफ्नो धरातल बिर्सन नसकुँ
झट्ट मनमा चिसो पस्यो
अब अर्कै संसारमा, फेरि म आफैँमा सपना
देखुँला या नदेखुँला !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला