भएका छन् नजरबन्द ठूलो कटेरोमा
ऋतु धर्मको नाममा
भएका छन् बन्धक गोठमा
पाएका छैनन्, मुदृत गर्न सूर्यलाई
सुनेका छन् डिगाहरूले
यिनीहरूको चित्कारलाई
बाँधेर राखेको छ पीडाको डोरीले
भएका छन्, ती दिदीबहिनी बेनामी
मथेर निस्किएको मही सरी
खाएकोरहेछ पेट कटकट वेदनाले
रहेछन् पीडक कोही आफ्नै परिवारहरू
हुने रहेछन् पुरुष पवित्र सधैं
भएको रहेछ समाज कति अभिमानी
बनाएका रहेछन् पशुभन्दा चुत्थो पहिले
बनाएका रहेछन् अधम नारीलाई सधैं
छैनन् कुनै यो रिवाज धर्ममा
हुँदैन कोही अछुत कहिल्यै
गर्दा पालना प्राकृतिक चक्रलाई
चाहिएको रहेछ स्याहार
मासिक धर्म भएको बेलामा
भएर कुद्र ती लड्न पर्ने रहेछ आजै
यो महिनावारीविरुद्ध रितितिथि आजै
छैनन् कसैलाई छुतछात गर्ने अधिकार
पाउने छैनन् पढाउन गोढमा कहिल्यै
गरेका रहेछन् मुरुगनन्थमले पहिले
सुलभ सेनेटरी प्याडको आविष्कार
पहिरन गरेका रहेछन् आफैँले पहिले
बचाएका रहेछन् रोगबाट संक्रमणलाई
भएर देवदूत ग्रामीण महिलाहरूलाई
भएका रहेछन् धेरै चलचित्र निर्माण अहिले
भएका छन् सामाजिक अभियन्ता अहिले
गरेका रहेछन् जीविकोपार्जन धेरैले
उनले गरेको आविष्कारमार्फत धेरैले
भएको थियो सचेतना विश्वभरि
गरेका थिए सम्मानित हलिउड भरि
दिएका थिए जिबन दान लाखौंलाई
थिएन पैसा तौलिया किनमेल गर्नलाई
गरेका रहेछन् ८८ प्रतिशत महिलाहरूले
खरानी, पत्रपत्रिका र कपडाका तौलियाहरू
रजस्वला भएको बेलामा प्रयोग पहिले
गुमाउनु परेको थियो अमूल्य जीवन पहिले
बनाएको रहेछ अझै कष्टपूर्ण छुवाछुतले
ग्रसित रहेछन् संक्रमणबाट प्रजनन मार्गमा
थिएन खर्चिने क्षमता विदेशी प्याडमा
उपलब्ध भएको छ सेनेटरी प्याड अहिले
सस्तो र सुलभ स्वदेशमै
लेखाउनु पर्नेछ नजिरमा
हिंसारहित मासिक धर्म
पालना गर्ने पाउने अधिकार
फैलाएर जागरण गाउँ सहरमा
वितरण गर्नु पर्नेछ सेनेटरी प्याड घरघरमा
हुने छ छुवाछुतरहित महिनावारी
प्रत्येक गामबेसीमा
गर्नु पर्नेछ रूढ़िवादी अभ्यासको उन्मूलन
हुनेछ यो अस्वच्छ अभ्यासको निर्मुलन
बनाउनु पर्नेछ स्वस्थ जीवन यापन
प्रत्येक नारीको अधिकार
हुनेछ निमुखा महिलाको उपकार ।

बर्तुङ्, पाल्पा (हालः युके)