१ ज्ञान

हावामा पनि बन्छ बाटो
जिब्रो बिना बोल्छ लाटो।

२ कलियुग

अविवाहित नारीबाट छोराको जन्म भएछ
अन्ततः बाउ र बाजे एउटै मान्छे रहेछ।।

३ समय

नाडीको घडी बन्द भयो
उमेर तर उडी रह्यो।।

४ दण्ड

दौलत चोरे जेलमा कैद
मन चोरे मनमा कैद।।

५ प्रेरणा

म फूल तिमी माली
म कविता तिमी ताली।।

६ राजनीति

दूध होइन फाटेर नसिइने
कपडा हो चाहिए जहिल्यै सिइने।।

७ समानता

हुँदैन कहिल्यै झुत्रो
धनी-गरीब सबैको कात्रो।।

पशुपतिनगर, इलाम