साँझ पर्दा साँझबत्ती बाल्नु भन्थिन् आमाले
डुब्न लागे घाम बाबु हलो थाम्नु बाबाले
मुटु रेटिए बचनले हाँसी आँसु रोकिदिनु
फराकिलो चित्त बोकी भोको पेट अघाइदिनु
नकड्किएर मधुर बोल्नु भन्थिन् आमाले
माग्नु हुन्न दया नानी आँसु झारी बाबाले
निमोठिए सुखखुशी खुल्ला दिलले खेली दिनु
हृदयमा चोट लाग्दा दया सम्झी पुरिदिनु
यथार्थमै विवश बनी जिउनु भन्थिन् आमाले
फाली ठोक्लान् सियो सम्झी नअत्तालिनु बाबाले
देह गल्छ बाँध टुट्दा धैर्यले समालिनु
कापी दिए मुटु नानी पत्थरको आड दिनु ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला