आजकल मलाई
जताततै दुख्न थालेको छ
आँखाबाट सपना निदाएको रात
गोधूलिमा लछप्पै हिमपात झरेछ
यहाँ हिमाल जल्दै गरेको रमिता
हरेकको आँखाबाट बोल्ने गर्दछ
यही रमिता भएर
म दुख्ने गर्छु
चोरेको संस्कृति र खोसेको सभ्यता
अनि बेचिएको संस्कारले
मेरो मस्तिष्कलाई ब्यूँझाएको छ
तिमी निदायौ त्यही गर्भमा
पक्षघात हुन नसकेका धेरै
अश्वस्थामाका हातरू ब्यूँझिए
तिमी आएर पनि के गर्न गथ्र्यौ र … ?
कुम्भकर्णको जमातमा
तृष्णाले ब्वाँसाहरू तिम्रै आँगन कुल्चेर
भुक्ने गर्छन्
चिथोरिएको छोरीको अङ्ग सिलाउनलाई
एक हुल मैनबत्तीको मौन जुलुसभित्र
आतेसमा दबिएको ज्यूँदो मलामीको
ताँत घुम्तीबाट ओझेल हुँदैछ
चेतना तुहिएको मानसिकता
मान्छेको बगर–बगर ठोकिएको
लहर भएर म दुख्ने गर्छु
के तिमी पनि रमिता भएर
दुख्दै छौ … कि … ?

पाकिम, सिक्किम