शार्दूलबिक्रीडित छन्द


नेपाली थर हो धरा नि घर हो, जातै त नेपाल हो /
नेपाली मन हो सबैसँग मिली, बस्छौं नि हामी अहो //
नेपाली तन हो हजार सपना, बोकेर हिड्या छ हो /
गोर्खाली महिमा बढार गरिमा, नेपाल बोकेर हो //

उड्याछौं नभमा अबेर नगरी, नेपाल फैलाउन /
नेपालै मनमा लिएर शिरमा, नेपाल चम्काउन //
हिड्याछौं मनले भई अघिसरा, ज्योतिष्मयी बुद्धको /
बाँड़याछौं दिलले डटेर भिडमा, बुध्दत्व संज्ञानको //

छौं धेरै मनका धनी र दयालु, दातब्यकालागि नि /
गर्याछौँ धनले गरीव जनको, सेवा शुश्रूषा पनि /
बाढीले जनको बिगार गरदा, भूकम्पले नासदा /
हामी छौं अघिनै रहेर बढने, सेवा सदा सर्बदा //

हैनौं है भगुवा सप्रेम पगरी, बोकेर नेपालको /
बढ्याछौं अगुवा भएर यसरी, कल्पेर श्रीबृध्दिको //
उठ्याछौँ बलले हिमाल जसरी, थामेर नेपाल नै /
आँखाका पुतली बनेर सबका, आशा भरोशा सधैं//

भन्छन है डलरे, कहाँ छ कसरी, आकोछ थाहा मरु/
छैनन् रूखहरू, टपक्क टिपने, लौ है म के पो गरूँ//
टाढिञ्छन सबनै, सँगी र सँगिनी, आफन्तनै के गरूँ /
रोपौंझैँ नगदे, मुद्रा नि फलने, रुखै कि क्याहो बरु //

नेपाली मुटुछन्, गडेर बसने, हामीहरूको पनि /
नेपाली लडदा, भिडेर सडदा, दु;खेर हामी पनि /
रुन्छौँ है सबनै, भिजेर नयनै, च्याप्छन् नि पीडा व्यथा /
कोहोला सुनने, प्रवास बसने, हामीहरूको कथा //

डेभिस, क्यालिफोर्निया