कहाँ मान्छ मन, नहुँदा तिमी
कहाँ जान्छ धड्कन, नहुँदा तिमी
न खुल्छ आकाश
न खुल्छ आँखा
न देखिन्छ शहर
कहाँ लुक्छ सपना, नहुँदा तिमी
कहाँ भाग्छ रहर, नहुँदा तिमी
न खुल्छ हाँसो
न मिल्छ भाका
न लाग्छ सूर
कहाँ पुग्छ आशा, नहुँदा तिमी
कहाँ लुक्छ खुशी, नहुँदा तिमी
न बित्छ प्रहर
न बढ्छ पाइला
न घट्छ बाटो
कहाँ जोडिन्छ साथ, नहुँदा तिमी
कहाँ लेखिन्छ गाथा, नहुँदा तिमी !
~~~