ए ! मान्छे तिमीले धेरै ग-यौ
चराजस्तै गरी फुरुरु, आकाशमा पनि उड्यौ
माछाजस्तै गरी सुलुलु, पानीमा पनि पौडियौ
बादलमाथि पनि गयौ, पानीमुनि पनि गयौ
आकाशमा चरा भयौ, पानीमा माछा पनि भयौ
ए ! मान्छे तिमीले धेरै ग-यौ
धमिरा र कमिलाजस्तै गरी जमिन पनि खन्यौ
पवनको वेग जस्तै गरी हावामा पनि बतासियौ
पहाडको टुप्पोमा पुग्यौ, समुद्रको गहिराईमा पुग्यौ
गगनचुम्बी डाँडामा पुग्यौ, बेसीको खाल्डामा पुग्यौ
ए ! मान्छे तिमीले धेरै ग-यौ
बादलमा गएर पानी देख्यौ, पानीबाट बादल देख्यौ
आकाशबाट तल पुग्यौ, पातालबाट माथि पुग्यौ
आफू संसार घुम्यौ, मुख फे-यौ, लुगा पनि फे-यौ
आफ्नालाई सबै किन्यौ, अरुलाई बेची दियौ
ए ! मान्छे तिमीले धेरै ग-यौ
आफू धनी बन्यौ, अरुलाई गरिबीमा पा-यौ
आफैँसँग कानुन राख्यौ, अरुलाई अन्यायमा जाक्यौ
आफ्नो लागि भकारी भ-यौ, अरुको सर्वस्व खायौ
आफूले सम्मान पायौ, अनि अरुको इज्जत लुट्यौ
ए ! मान्छे तिमीले धेरै ग-यौ
सारा शक्ति लगायौ, संसारलाई अचम्मित बनायौ
पुरस्कार पायौ, अरुलाई तिरस्कार ग-यौ
डाँडाबाट खाल्डो हे-यौ, खाल्डोबाट डाँडो हे-यौ ।
चमत्कार त ग-यौ ग-यौ, बलात्कार पनि ग-यौ ।
—०—
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।