चैत वैशाख ऋतुमा
हिमाल यसै लजाउँछ
नयाँ नयाँ मुनाहरू
उसै पालुवा पलाउँछ
चराहरु गीत गाउँछन्
खोला, झरना सुसाउँछन्
रुख, पात नाच्न थाल्छन्
इन्द्रेणीले जिस्काउँछन्
यता हेर, उता हेर
आकाश कति स्वच्छ
बादलहरू उसै उसै
लुकामारी खेल्दछ
कुहु कुहु गर्ने चरी
रमाई रमाई डुल्दछ
मन्द त्यो जङ्गलमा
ऐँसेलुको राज चल्दछ
जि.पि. कोइराला मेमोरियल कलेज
काठमाडौ, नेपाल
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला