मेरो कामले, तिम्रो कामले धर्ती दुख्यो भने
के पो पिउँला पंधेरीको पानी सुक्यो भने
ए कान्छा पिउँदै आ’को पँधेरीको पानी सुक्यो भने
ए कान्छी पिउंदै आ’को पंधेरीको पानी सुक्यो भने
हाम्रै कामले हाम्रो साझा धर्ती दुख्यो भने
के पो पिउँला पंधेरीको पानी सुक्यो भने
हाम्रै धर्ती, हाम्रै आकाश, हाम्रै लागि विकाश
प्रकृतिमै खोज्योभने मिल्छ सबको निकास
सुनकै अण्डा दिने चरी हाम्रै वरिपरि
त्यही चरीलाई नचिनेर मास्छौँ घरिघरि
मेरो कामले, तिम्रो कामले धर्ती दुख्यो भने
के पो पिउँला पंधेरीको पानी सुक्यो भने ….
हिमालको हिउँ राम्रो, पहाडको पानी
तराइलाइ बनाउँछ उब्जनीको खानी
प्रदूषणलाई छेकौं आजै, पारौं हरियाली
संगै हाँसौं, सँगै बाँचौं छाउँदै खुशीयाली
मेरो कामले, तिम्रो कामले धर्ती दुख्यो भने
के पो पिउँला पंधेरीको पानी सुक्यो भने ।
संगीत: राजेश थापा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला