पुस्तकालय नछिर
त्यो खतरनाक छ, गयौ भने…

गयौ भने पुस्तकालय
तिमीले भविष्यका कुरा थाहा पाउने छौ
यो त बेकरी पसल वा कुकुर बेच्ने ठाउँजस्तो हो

त्यहाँबाट हरेक पटक जब फर्कन्छौ तिमी
केही न केही बोकेर आउने छौ

उपन्याससँगै त्यसका ठूला आँखा लिएर आउने छौ
र, दह्रा पाँसुलासहित, यो कुनै ठट्टा होइन

यसले मिहिन तुलना गराउनेछ
सारा गैरआख्यान र वाणिज्य पुस्तकले

पहिलो पृष्ठ पल्टाउनेबित्तिकै
सानालाई झैँ अँगाल्न मन लाग्छ

जसै पृष्ठ पल्टँदै जान्छ
जसरी ताजा डुनोटको सुगन्धले
बन्दै गरेको कफीले सुवास दिन्छ
सारा ज्ञानको सुगन्ध आत्मामा प्रवेश गर्छ

ती सारा पुस्तकमा
कसै न कसैलाई, केही न केही हुन्छ नै
सभ्यता स्वयंलाई दैनिक केही न केही हुन्छ नै

पुस्तकालय किताबका चाङ हुन्
सिसाले बनेका, काठले जोडेका, सिमेन्टीले लिपिएका

थाकका थाक चुल्याएर सगरमाथा बनाइएको
यसको कथा निकै लामो छ

पुस्तकालय खतरा छ, साथै योसँग सबैथोकको उत्तर पनि छ
तर तिमी जानै पर्छ
नमरी स्वर्ग देखिन्न
पुस्तकालय के हो भन्ने जान्न पनि त्यहाँ छिर्नै पर्छ

त्यसैले त त्यो खतरा छ
त्यसैले त तिमी सारसुहाउँदिलो भएर छिर्छौ
तर जे भएर निस्कन्छौ
त्यो पक्का छ, त्यही हुने छैनौ, जुन पहिले थियौ ।

 

अल्बर्टो रिओस अमेरिकामा सन् १९५२ सेप्टेम्बर १८ मा एरिजोना राज्यमा जन्मिए । १९७४ मा उनले बिएको अध्ययन गरे भने १९७९ मा उनले सिर्जनात्मक लेखनीमा स्नातकोत्तर सके । उनले एक दर्जन पुस्तक लेखिसकेका छन् । उनले कविता लेखेका छन्, संस्मरण, उपन्यास, कथा लेखेका छन् । सन् १९८१ मा वाल्ट ह्विटम्यान अवार्डसमेत पाएका छन् ।