प्रियाले भन्छिन्, मेरो ज्यान उनको त्यो माया जान्दछु
मेरो यो शरीर मेरै हो भन्ने पनि म मान्दछु
माने नि यो ज्यान उनको हो भनी ईश्वर स्वयंले
मेरा हर अङ्ग आमाकै अंश सत्य त्यो ठान्दछु
बाबाले जस्तो हार्दा नि साथ छोराले दिँदैनन्
पत्नीले जस्तो लागेको घाउ पतिले धुँदैनन्
हजारौँ भिडले जितेको बेला जयजय गाए नि
आमाले जस्तो निःस्वार्थ माया दिने कोही हुँदैनन्
सुखको सहर छ आकाशपारि स्वर्गको नाउँमा
भनेर मानिस त्यहीँ पुग्न खोज्छन् ईश्वरको गाउँमा
पुगे नि त्यहाँ बादलभित्र खुशी त्यहाँ पाइन्न
खुशी त यहीँ मिल्दछ आमा—बाबाका पाउमा
हाँस्दा साथ हाँस्ने सबैले रुँदा यी आँखा छुँदैनन्
मरेर जाँदा छोरीझैँ छोरा पीरमा हुँदैनन्
रुन त रोलान् दाजुभाइहरु चिताछेउ एकछिन
जीवनभर सम्झी आमाको जस्तो बाबा नै रुँदैनन् ।
जन्म स्थानः दाङ
हालः न्युजिल्याण्ड
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
कार्तिक २०, सोमबार १५:०१
न्युजिल्यान्डमा स्रष्टाद्वय डा. वीरेन्द्र केसी र श्रीधर बस्न्यात सम्मानित
साहित्यपोस्ट
मंसिर २१, बिहीबार १३:२३
डा. वीरेन्द्र केसीको मुक्तक र हाइकुहरूको संयुक्त सङ्ग्रह विमोचन
साहित्यपोस्ट
जेष्ठ १२, बिहीबार १८:०१