१.

रामभक्त कायस्थ

देशय् मदु झ्याः

टुक्रा टुक्रा पारियो

अंशबन्दामा

 

२.

त्यो सेमिनार

डिनरमा टुंगियो

भोकको हल

 

३.

कुरिरहनु

थकान साह्रै ठूलो

सुस्केरा चाल

 

४.

पहाड छोड्यो

शहरमा बिल्डिङ

गाउँ समाप्त

 

५.

वामन चाल

नदीको लालपूर्जा

माफियालाई

 

६.

हिउँ दन्कियो

आगो बफर बन्यो

अन्तरद्वन्द्व

 

७.

अनौठो देश

अस्पताल नै रोगी

कानुन कैद

 

८.

खरानी बेच्न

बाल्दै छ आफ्नो घर

डलर खेती

 

९.

आगो पोल्दैन

शान्त छ, सुत्दै छ त्यो

आँखा पोल्दै छ

 

१०.

अँध्यारो रात

ढोका खोल्छ सिद्धार्थ

बुद्ध प्रवेश

 

 

अनुवादः आर. मानन्धर

 

कवि परिचय

रामभक्त कायस्थ (ने. सं. १०७५) लामो समयदेखि निरन्तर कविता, हाइकु लेख्दै आएका कवि हुन् । भक्तपुर निवासी उनका एक कविता सङ्ग्रह, एक मुक्तक सङ्ग्रह र चार हाइकु सङ्ग्रह प्रकाशित छन् । उनका हाइकु अँग्रेजी, जापानीमा पनि अनुवाद भइसकेका छन् ।

 

यी हाइकू उनको लखय् लूगु किचः पुस्तकबाट लिइएको हो ।