भएकी छु विह्वल र अस्थिर आज
जब पाएँ १.५ डिग्री ज्वरो
आउने खबर अखबारमा
पाएकी छैन शीतल प्रदान गर्ने
आइस प्याकहरू
भएको छ मेरो शरीर प्रदाह
पग्लिएका मेरा शरीरका अंगहरू
बग्नेछन् मेरा आँसुहरू
बाढी बनेर
पहिरो बनेर
पर्नेछ डुबानमा पुरै सभ्यता
लोप हुनेछन् धेरै जीवहरू
बाँचेका छन् जो मेरो सेतो
वस्त्रको छत्रछायामा
जसरी गर्जिएको नदीले
आफ्नो द्रम्भित वेगले
आहार बनाउँछिन् पुरै गाउँलाई
रहेछन् मेरा आफ्नै नानीहरू भागिदार
यो महाप्रलयको रचनाकार
तानिरहेको छ ब्ल्याक होलले
आफ्नो मुखतिर मलाई दिनहुँ
छिद्र पारिसकेको रहेछ दिनहुँ
मेरा फोक्सोका कोष्ठहरू
फुटेको रहेछ मुटुका धमनीहरू
उत्सर्जन गरेका प्रदूषित धुवाँले
भएको छ गाह्रो फेर्नलाई सास
लिएर आउनु अक्सिजनको मास्क
सम्हार गरी सकेका रहेछन्
मलाई सास दिने रुखहरू नानी
थाहा पायेका छैनन् मेरै सन्ततिले
फालेको रहेछ कालो मुस्लो
आफ्नै निर्मित यान्त्रिक आविष्कारले
कसरी बाँच्ने होला अहिले
यो कृत्रिम सासले
छैन कोमल शिर ढाकछोप गर्ने फरियाहरू
मसँग मेरै सिर्जित विरुवाहरू
जलिरहेको छ सूर्यको रापले
मेरो अंगभंग हरेक दिन अहिले
जन्माउनुपर्छ ग्रेटा जस्तै छोरीहरू
दिएका छन् दीर्घायु मलाई अहिले
सक्दिनँ जान छोडेर
मेरी बहिनी चन्द्र्मा अहिले
किन खाएका छौ मासुको आहार
त्यही मासुको पकाउने धुवाँले
ग्रस्त भएकी छु धक्ने रोगले
बिन्ती भाउ छ मेरो प्रत्येक दिन
सचेतना भए प्रदूषणविरुद्ध आजै
हुनेछ मेरो ज्वरो न्यून आजै ।
सुमन भट्टराई
बर्तुङ्, पाल्पा (हालः युके)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।