हामीले
जनतासँग मत माग्नुभन्दा पहिले
पद पैसाको माग गरिसकेका थियौँ
“अन्तर्राष्ट्रियस्तरमा” ।

पटकपटक मागेको ऋण
अब चुक्ता गरिनेछ
ढुक्क हुनुहोस्:
”जनसमुदाय
अब जनताको टाउकोमा ऋण थपिँदैन
हामीले किस्ता किस्तामा
देश बुझाएको कुरा गोप्य राखेका थियौं ।”