पहिले पहिले
राजाका हजुरमा
थैली चड्द्थे
राजा हजुरले
थैली बक्स हुन्थ्यो
हिजोआज
मुलुकी गाउँगाउँमा
सुकिलाहरूले
झुण्डझुण्डमा
भेटी ओसार्छन् बोरा बोरामा
भन्थे
यिनै सुकिलाहरूले
नागरिकहरू मालिक भएका छन्…
हो
रैतीहरू
समृद्ध भए छन्
गाउँगाउँबाट उठेर
भेटी बुझाउन थाले छन्
बोराबोरामा
मालिकहरूलाई
मालिकहरूलाई
जेथा बेचेरै
समृद्धिको यात्रामा
मुग्लानतिर, निरन्तर
लागेका छन्, दशकौँदेखि
उनीहरू हतारोमा छन्
यो देशलाई
समृद्ध बनाउनु छ
नागरिकको लिलामीपछि
मालिकहरूलाई
मुलुकी माटोको
शिघ्र
बोल कबोल खोल्नु छ ।
कन्याम, इलाम
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला