
हेर्नुस त
फाटेका यी मेरा जुत्ताहरू
जुत्ता फाटेजस्तै
फाटेको छ
मेरो देशको भूगोल
त्यो भन्दा बढी
च्यात्तिएको छ
राष्ट्रियता
च्यात्तिएको छ
स्वाभिमान
च्यात्तिएको छ
मेरो मन
तपाइँ …
तपाइँ…
तपाइँ
अनि तपाइँ
अरे, किन मौन हुनुहुन्छ ?
झिक्नुस् न सियो
उठाउनुस् धागो
सिलाऔँ
च्यात्तिएको मुलुकको
च्यात्तिएकै स्वाधिनता
अनि च्यात्तिएकै
स्वाभिमान
र
दुध
फाटेको
चियाजस्तै
चेतनाहरू ।
भक्तपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
