ए काका ! ए दाइ !
ए काकी ! ए भाइ !
भ्रष्टाचारलाई रोक्न
भ्रष्टाचारीलाई ठोक्न
अब जुटौँ हामी
काँधमा काँध जोडौँ हामी
भ्रष्टाचार एउटा दुर्गन्धित नाला हो
भ्रष्टाचारी त्यस नालाको कीरा
आगोझैँ अछुतो हाम्रो आवाजले
भ्रष्टाचारविरुद्ध बिगुल फुक्नै पर्छ
अब त हामी जुट्नै पर्छ
नबोली बसे अब
नेपाल आमाले सराप्लिन्
झार्दै आँसु आँखाबाट चित्त दुखाउलिन्
बलभद्र, भक्ति जन्माएको कोखबाट
डरछेरुवा सन्तान जन्माएछु
भन्दै आफ्नो कोखलाई धिक्कार्लिन् ।

 

विराटनगर, नेपाल