
तिमी आएपछि महफिलको रङ्ग अर्कै हुन्छ
हेर्न लायक मेरो अनुहारको दङ्ग अर्कै हुन्छ
नाआऊ मेरो छेउमा प्रिय बात मार्छु भन्दै
के के बोल्छु यो बोलीको ढङ्ग अर्कै हुन्छ
झुक्किएर तिम्रो हातले मेरो हात छोयो भने
उफ् ! मेरो स्वास प्रस्वासको जङ्ग अर्कै हुन्छ
सुटुक्क कानमा आई मन पर्छ नभन्नु फेरि
बदली लय जिन्दगीको प्रसङ्ग अर्कै हुन्छ
गायौ तिमीले महफिलमा मेरै मनको गीत
खुशीले झुम्दा यी मेरा अङ्गअङ्ग अर्कै हुन्छ ।
ह्युस्टन, टेक्सास



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

विश्वराज अधिकारी
कार्तिक २८, आइतवार ०८:०१