
आमालाई धेरै दुःख पीडा दिँदै
बाहिरी संसार हेर्न आतुर
सुरक्षित संसार छोडेर
के थाहा र सानीलाई
गिद्दे नजर भएका
मानवरुपी राक्षस पनि छन् भनेर
चारो हाली शिकार गर्न नियालेर हेर्छन् भनेर
आमाकै कोखबाट जन्म लिएका
कुविचारले भरिएका राक्षस
यौन शोषणको शिकार बनाउन तत्पर छन् भनेर
मेरो आफ्नो अधिकार छ
बाँच्न देऊ भन्न नपाई
त्रासले भरिएका आँखा
छटपटाउन नपाएका गोडा
रोएको मन अनि सानीका लमतन्न शरीर
शिकारको स्वाद मानेर फर्किएका राक्षस
अर्को शिकार गर्न भनी…
सबै मिली यसलाई लखेटेन भने भाइरस बनी घुम्छ फेरि
आज रोएको सानीको मनझैं
नरुओस् कसैको फेरि, नरुओस् कसैको फेरि ।
थर्पु, पश्चिम सिक्किम



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
