डुबेर जाने कहाँ पो हो र
भोलि त फेरि उदाउनु छ
फर्केर आउँदा तिमीसँग फेरि
खुलेर प्रीति लगाउनु छ

सुतेका होलान् उताका सबै
गएर सबलाई जगाउनु छ
फर्केर आउँदा तिमीसँग फेरि
खुलेर प्रीति लगाउनु छ

पुगेर सबको घर आँगनमा
प्रभातको धुन बजाउनु छ
फर्केर आउँदा तिमीसँग फेरि
खुलेर प्रीति लगाउनु छ

धवालागिरि हिमाल शिखर
इन्द्रेणी रङमा सजाउनु छ
फर्केर आउँदा तिमीसँग फेरि
खुलेर प्रीति लगाउनु छ

डुबेर जाने कहाँ पो हो र
भोलि त फेरि उदाउनु छ
फर्केर आउँदा तिमीसँग फेरि
खुलेर प्रीति लगाउनु छ ।