हिमालको विकटतामा
सुन्दरताका पाइलाहरू
कतिलाई छुने त्यो जादु
लेखियो र बन्यो अमर अजर
कसरी एउटा प्राचीनताको मूर्तिले
आउँदै गरेको भविष्य लिएर आउँछ
खोज नयाँकालको
इतिहास मिथक मात्रै होइन
समयमा खोजिन्छ
सुरुवातका जादुई भग्नावशेषहरू
हिमालका जस्ता जनजीवनका गाथाहरू
छ हिमाल जस्तो कुनै कला ?
विशाल भएर पनि मनभित्र कैद हुने
विकट भएर पनि सुन्दर
हिमालका अग्ला मन्दिर
हुनेछन् कुनै कलाको पुजारीका लागि
आफ्नो पदयात्राको गोरेटो
जीवन हिमालमा पनि छ
यात्री पनि त्यहीँ बसेको हुन्छ
जहाँ हिमाली जीवन छ
मेरो मनको तराईको आकाश हो
हिमाल ।

विराटनगर -१३, नेपाल