छन्द: अनुष्टुप्

अनेकौं फूलका माझ भमरो गीत भर्दछ
बेलि चम्पा चमेलिको वासना मन हर्दछ

पुतली चुम्दछिन् थुङ्गा डुल्छिन् डालीहरू कतै
त्यसैको हर्षले मान्छे प्रीत लाँउदछन् यतै

गुम्फेका राग क्यै हर्छन् बगैंचाका परागले
मनमा छर्छ सन्नाटा दिन्छ आनन्द बागले

कुरा गर्छु उनैसँग भावना अझ साट्दछु
बगैंचा सित झन् माया ममता कति बाँट्दछु

गुलाफ हुन्छ रे प्यारो सबैभन्दा छ सुन्दर
खुसी हुन्छु म ता साथी बगैंचा कति सुन्दर

बगैंचा भित्रको शान्ति गुच्छाबाट सिकेपछि
अस्तित्व फूलको जान्छ कोपिला मै थुतेपछि ।

वाणगंगा, कपिलवस्तु